७ कार्तिक २०८३, शनिबार | October 24, 2026

महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने अस्पताल प्रमुख पक्राउ



बुटवल । कपिलवस्तुमा आफ्नै अफिसमा काम गर्ने महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेपछि कार्यालय प्रमुख र उनका सहयोगी पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका अन्तर्गत आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा अस्पतालका स्वास्थ्य प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका– ३ बस्ने भुवन पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारी माथि मदिरा सेवन गरी बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा पीडित महिलाले उजुरी दिए पछि उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजगं मल्लले जानकारी दिए । उजुरी गरेलगत्ते फरार रहेका पौडेल र पाण्डेलाई कपिलवस्तुकै्र छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसनधान आगाडी बढाइएको प्रहरी निरीक्षक मल्लले बताए । प्रहरीमा उजुरी परेसँगै स्वास्थ्य प्रमुख पौडेललाई शिवराज नगरपालिकाले स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको छ । उनलाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १ : ५५ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर