३ पुस २०८२, बिहिबार | December 18, 2025

सीआईबीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान सुरु, एसपी सञ्जयसिंह थापा तोकिए अनुसन्धान अधिकृत



काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ ।

प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापा सुन अनुसन्धानको मुख्य अधिकृत तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रकरणमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा यो अनुसन्धान सीआईबीको पोल्टामा आएको हो ।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट सुन बरामद गरेको थियो । विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । अब विभागले तयार पारेको सबै फाइल र आरोपित १८ जना प्रहरीलाई बुझाइएको छ ।

हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो। भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो।

यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो।

 

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ०६ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा