३० असार २०८३, मंगलबार | July 14, 2026

सुजुकीको नयाँ संस्करण जिम्नी र फ्रोन्स भैरहवामा लन्च, टेस्ट ड्राइभ खुला



बुटवल । नेपालमा लामो समयदेखि प्रतिक्षित सुजुकी एसयूभीको नयाँ संस्करण जिम्नी र फोन्स सोमबार भैरहवामा सार्वजनिक गरिएको छ । भैरहवाको लागि आधिकारिक डिलर पाठक मोटर्स ग्रुप प्रा.लि. ले यस क्षेत्रका लागि सुजुकीको नयाँ संस्करण बजारमा ल्याएको हो ।

नयाँ संस्करणलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँ, सिजी होल्डीङका डिलर ईन्चार्ज विशाल दाहाल र पाठक ग्रुपका प्रवन्ध निर्देशक अभिशेख पाठकले संयुक्त सार्वजनिक रुपमा गरे ।

नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्याप तथा सिजी एनएक्सटिजिइएनले एसयूभीहरु २९ गतेदेखि नै बुकिङ खुल्ला गरेको थियो । कम्पनीले आक्रामक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । नयाँ उत्पादन बारे जानकारी दिँदै सिजीका जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रहेको छ भने फ्रोन्क्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रहेको पाठक ग्रुपका निर्देशक अभिशेख पाठकले जानकारी दिए । सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक रहेको उनले दाबी गरे । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको उनले बताए ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी- ड्युटील्याडर फ्रेम चेसिसमा निर्मित रहेको र यसमा पर्याप्त बडीएङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको पाठक ग्रुपकी म्यानेजर सर्जुना थैवले जानकारी दिइन । यो एसयूभी एक समर्पित उन्नत फोर डब्ल्यूडी प्रणाली, अल ग्रिप प्रोसँग आउंदछ भने ब्रेक लिमिटेड स्लिपडिफरेशियन र थ्री लिङ्क राइडिङ एक्सेल सस्पेन्सन जस्ताअफ-रोड सुविधाहरू समावेश गरिएको उनले बताइन । अफ-रोडबाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीले २२ दशमलव ६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटीकन्ट्रोल अटो टेम्परेचर कन्ट्रोल, हिनडिसेन्टकन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरेको कम्पनीले बताएको छ ।

नयाँ सुजुकी फ्रोन्स नयाँ जेनेरेसनको स्टाइल प्रिमियम सेभेन मिश्रीत एसयूभी हो । “द फेस अफ न्यु एसयूभी भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिनुका साथै यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित क्रोत्यसले आधुनिक नेपाली ग्राहकहरुका लागि सम्पूर्ण ‘माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : २६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद, २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका

निगमले भोलिदेखि देशभर एलपी ग्यासको भरी सिलिन्डर बेच्ने, मूल्य पनि तोकियो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति

रुपन्देहीका कृषि व्यवसायी शशी शर्मा पौडेल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक

विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा परिचालन गर्न सम्झौता

काठमाडौं । विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी