५ पुस २०८२, शनिबार | December 20, 2025

मकवानपुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता, खोजी कार्य जारी



हेटौ‌डा । मकवानपुरमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन । मकवानपुरको वाग्मती गाउँपालिका-५ भोर्लेनीमा पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो गाउँपालिकाका भोर्लेनीमा धारापानी स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै पाँच जना बेपत्ता भएका हुन । उनीहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन ।

पहिरोले बगाउँदा बेपत्ता भएका ५ जना राति घर नजिकको खोल्सीमा पानीको बहाव बढे पछि पहिरो खसेको थियो । खोल्सीमा पहिरो खस्दा स्याङतानको परिवार भने मस्त निंद्रामा थियो । सो पहिरो खसेलगत्तै ५ जना घरसहित वाग्मती नदीमा बगेको प्रारम्भिक रिर्पोट आएको प्रहरीले जनाएको छ ।

सो पहिरोमा परेका एकजनाको उद्धार गर्नका लागि सफल भए पनि घरमा सुतिरहेका स्याङ्तान, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका भने अझै बेपत्ता रहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको