८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

उद्योग बाणिज्य संघमा ताला खुल्यो, निर्वाचनमा दुईवटा पूर्ण र एक अपूर्ण प्यानल



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवार विरुद्धको दाबी बिरोध दर्ता नगरिएको भन्दै लगाइएको ताला खुलेको छ । निर्वाचन समितिलाई स्वतन्त्रपूर्वक काम गर्न दिने सहमति भएपछि उद्योग तर्फबाट उपाध्यक्षमा उम्मेदवार बनेका दिपेन्द्र जोशीले लगाएको ताला खुलेको हो ।

संघको निर्वाचनका लागि उम्मेदवार बनेका मध्य २ जनाका विरुद्ध दाबी विरोध दर्ता गराउन खोजिएकोमा एकजनाको मात्र दर्ता अगरेर अर्काको दाबी दर्ता नगरेको भन्दै उम्मेदवार जोशीले ताला लगाएर धर्ना बसेका थिए । पटक पटकको वार्ता पछि निर्वाचन समितिलाई स्वतन्त्रपूर्वक काम गर्न दिने सहमतिमा तालाबन्दी खुलेको संघका महासचिव चिरन्जिवी ओलीले बताए ।

उता तालाबन्दी खुल्न सहमत भएलगत्तै छानविन गर्ने सर्तमा ताला खोलिएको भन्दै ताला लगाउने कार्यको नेतृत्व गरेका जोशीले सामाजिक सञ्जालमा लेखेका थिए । उनले पूर्व अध्यक्षहरुको उपस्थितिमा छानविन हुनेगरी सहमति भएको बताए ।

साझा प्रजातान्त्रिक समुह र समावेशी समुहका नाममा निर्वाचनमा होमिएका २ वटा समुहले प्रचारप्रसार तिब्र बनाइरहेका बेला नेकपा एमालेले पार्टीगत उम्मेदवारकारुपमा केही पदहरुमा उम्मेवारी दर्ता दर्ता गराउन लगाएपछि चुनावी सरगर्मी थप रोमाञ्चित बनेको थियो । समावेशी प्यानलमा सहभागी भएर सुरुदेखि निर्वाचनमा होमिएका एमाले निकट ब्यवसायीलाई लक्षित गर्दै उनीहरु बाहेकका पदमा एमाले नेताहरुले उम्मेदवारी दर्ता गर्न लगाए पनि समावेशीमा सहभागी उम्मेदवारहरुले आफुहरु समुह नछाड्ने अडान लिएपछि एमाले नेताहरुले उठाएका उम्मेवारहरुको अपूर्ण प्यानल बनेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको बिधानमा बढी वा कम संख्यामा मतदान गर्दा मत बदर हुने ब्यवस्था रहेको छ ।

निर्वाचनको मिति नजिकिंदै जाँदा उम्मेवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र बनाएका छन् । संघको चुनावमा नेपाली कांग्रेस, राप्रपा नेपाल, एकीकृत समाजवादी निकट ब्यवसायीको एउटा प्यानल रहेको छ भने माओवादी केन्द्र, एमाले, राजपा, रास्वपा र राप्रपा निकट ब्यवसायीको अर्को समावेशी प्यानल निर्वाचनमा रहेका छन् । निर्वाचनमा सुरुदेखिनै दल निकट रहेपनि ब्यवसायीक निर्वाचनमा राजनीतिलाई प्रवेश नदिने अठोटका साथ निर्वाचनमा होमिएको समावेशी समुहमा एमालेका केही नेताहरुले छुट्टै समुह बनाउने प्रयास गरेका थिए ।

साझा प्रजातान्त्रिक समुहको नेतृत्व ललित रौनीयारले गरेका छन् भने समावेशी प्यानलको नेतृत्व टंक धामीले गरेका छन् । एमाले नेताहरुको तर्फबाट उम्मेदवार बनेको समुहको नेतृत्व रचना श्रेष्ठले गरेकी छन् । समावेशी प्यानलका अगुवा र एमाले नेताहरुबीच सम्बाद जारी रहेकाले बुधबार सम्ममा थप सहमति हुने अपेक्षा गरिएको छ । आगामी भाद्र २ गतेका लागि उद्योग बाणिज्य संघको निर्वाचन तोकिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : १२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी