२३ भदौ २०८३, मंगलबार | September 9, 2026

भेरी अस्पतालमा आजबाट मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु



नेपालगन्ज । लुम्बिनी प्रदेशमा संघीय सरकार अन्तर्गत रहेको भेरी अस्पताल नेपालगन्जमा मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु भएको छ । डि.एम नेफ्रोलोजिष्ट डा सौरभ हमाल भेरी अस्पतालमा हाजिर भएसंगै अस्पतालले पहिलो पटक मिर्गौला रोग सम्बन्धि विशिष्टकृत सेवा सुरु गरेको हो ।

अस्पतालमा आजदेखि मिर्गौला रोग सम्बन्धि सेवा सुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजन पाण्डेले जानकारी दिए । बुटवल पश्चिम क्षेत्रमा पहिलो पटक भेरी अस्पतालले मिर्गौला सम्बन्धि सेवा दिन थालेपछि यस अघि उपचार गराउन लखनुउ, काठमाडों वा अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि भेरीमा मिर्गोला सम्बन्धि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरु काठमाडौं वा छिमेकी देश भारतका विभिन्न अस्पतालमा जान बाध्य थिए ।

विशिष्टकृत सेवा अन्तगर्त भेरी अस्पतालमा न्युरो, युरोलोजीको सेवा यसअघि नै सुरु गरिसकेको छ । भेरी अस्पतालमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार (सार्वजनिक बिदा वाहेक) मिर्गौला रोग सम्बन्धि ओपीडी सेवा, इमरजेन्सी र वार्डबाट अन्य आवश्यक सेवाहरु प्रदान हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ५८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी