६ श्रावण २०८३, बुधबार | July 23, 2026

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान



काठमाडौं । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ ।

आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ साउन १८ गते सकिएपछि उक्त पद रिक्त हुँदा त्रिविमा सेवा आयोगका काम प्रभावित छन् । उक्त पदका लागि २०७९ भदौ २८ गते नै सूचना प्रकाशन भई ‘सर्टलिष्ट’ तयार गरिए पनि उक्त प्रक्रिया रद्द गरी हाल पुनः सूचना प्रकाशन गरिएको हो ।

उपकुलपतिको कार्यकाल तीन महिना बाँकी

यसैबीच त्रिविको उपकुलपति रिक्त हुनुअगावै नयाँ उपकुलपति चयन गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरिएको छ । वर्तमान उपकुलपति डा धर्मकान्त बाँस्कोटाको कार्यकाल आगामी कात्तिक १६ गते सकिँदैछ ।

उपकुलपति बाँस्कोटाले आफ्नो तीन महिना कार्यकाल बाँकी रहँदा यही साउन १६ गते प्रधानमन्त्रीलाई लिखित जानकारीसहित ठूलो संरचना भएको संस्था भएकाले पूर्वतयारीका साथ व्यक्तिको छनोट गरेमा नयाँ नेतृत्वलाई सहज हुने अवगत गराइएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १० : ०२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क