७ आश्विन २०८३, बुधबार | September 23, 2026

१२ बजेपछि जहाज नचलाउने प्राधिकरणको निर्णयले कर्णालीबासी यात्रु मर्कामा



मुगु। मुगूम कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ । उनको नाकभित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमानस्थल आएको ६ दिन भयो । गाउँपालिकाले उनलाई २० दिनको मात्र बिदा दिएको छ । पाँच दिन रारा विमानस्थलमा सकिसकेको छ । जहाजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा विमानस्थल सकिने चिन्ता लागेको बुढाले गुनासो गरिन् ।

कर्णालीका दूर्गम जिल्लाहरुमा १२ बजेपछि हवाई जहाजमा उडानमा रोक लगाएपछि यति बेला कर्णालीका नागरिकहरुले सास्ती खेपिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ साउनबाट दूर्गम स्थानका विमान स्थलहरुमा दिउँसो १२ बजेदेखि उडान गर्न रोक लगाउने निर्णय गरेपछि मुगु, हुम्ला , डोल्पा, जुम्लाका यात्रुहरुले सास्ती खेप्नु परेको हो ।

बर्षातका समयमा हवाइ दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले १४ साउन दिउँसो १२ बजेबाट लागु हुने गरी तीन महिनासम्म उडानमा रोक लगाउने निर्णयले यहाँका नागरिक मर्कामा परेका हुन् । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका मुगुको रारा विमानस्थल, डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमिकोट विमानस्थल र बाजुरालगायत अन्य जिल्लाका यात्रुहरु मर्कामा परेका छन् ।

रारा विमानस्थलमा हवाइ उडान नभएको एक हप्ता हुन लाग्यो । हवाइ यात्राबाट नेपालगञ्ज पुग्ने यात्रुहरु रारा विमानस्थलमा जहाजको पर्खाइमा ताल्चामै बस्ने गरेका छन् । बिहान मौसम नखुले पनि दिउँसो १२ बजेपििछ आकास खुल्ला हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजेपछि उडान गर्न मिल्दैन । तारा एयरलाइन्स नेपालगञ्ज जाने ४३ जना यात्रुहरु हातमा टिकट लिएर विमान स्थलमा जहाजको पर्खाईमा बसेका छन् ।

प्रत्येक दिन १२ बजेपछि रारा विमानस्थलको मौसम सफा भए पनि तीन महिनासम्म १२ बजेपछि उडान भर्न रोक लगाएसँगै सबैभन्दा बढी बिरामीहरु मर्कामा परेको हेमन रारा टा«भल्सका बजार ब्यवस्थापक सोभबहादुर भामले बताए ।

दिउसो १२ बजेभन्दा पछी उडान रोक गर्ने प्राधिकरणको निर्णय हुनुभन्दा पहिला रारा विमान स्थलमा नेपालगञ्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक एकदेखि दुई उडान भर्दै आएका थिए । नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो । ६ दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले उडान गर्न सकेका छैनन् ।

रारा विमानस्थलको मौसम १२ बजेपछि खुला हुने गर्छ । प्राधिकरणको निर्णयले १२ः ३० भित्र जहाज उडिसक्नुपर्ने हुन्छ । रारा विमानस्थलको लागि यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए ।

लामो समय जहाज उडान नहुँदा सडक यातायातमार्फत् आफनो गन्तव्यमा पुग्ने भए पनि बर्षातको समय पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुने भएका कारणले सबैजना जहाजको पर्खाइमा हुन्छन् । कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकप्टर वा जहाजबाट सुबिधा सम्पन्न स्थान लैजानुपर्ने हुन्छ । तर, प्राधिकरणको निर्णयले सर्वसाधरण मर्कामा परेको छाँयानाथ रारा—१० का दीर्घ बुढाले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : २१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज