२२ भदौ २०८३, सोमबार | September 8, 2026

बुटवलमा नेपालभाषाको (नेवारी) चलचित्र ‘गालय वन’ को च्यारिटी शो गरिँदै



बुटवल । नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र ‘गालय् वन’को च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी शो प्रदर्शन गरिन लागेको हो ।

नेपालभाषा क्षेत्र र बजारलाई विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला दिन तथा बुटवलमा सामाजिक संस्कार भवनको विस्तारको सहयोगार्थ च्यारिटी शो गरिने नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए । नेपालभाषामा काम सबै अभियन्ताहरुलाई एकठाँउमा ल्याएर नेपाल भाषाको प्रचार गर्न च्यारिटी शोले टेवा पुग्ने उनले बताए ।

आउँदो भाद्र ९ गते बुटवलका क्युएफएक्स बाहेकका द्वारिका सिनेमा, क्यु बक्स सिनेमा र भ्यु सिनेमा तीन वटै हलमा च्यारिटी शो प्रदर्शनको तयारी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सहयोग राशी ५०० रुपैयाँ राखिएको शोको टिकट बुटवल र यस आसपासका बिभिन्न स्थानबाट प्राप्त गर्न सकिने गरि ब्यवस्था मिलाईने जनाए ।

सत्य घटनामा आधारित नेवारी चलचित्र ‘गालय् वन’ मा नेवार समुदाय भित्रको संस्कारगत बिकृतिको बिरोध गरिनुका साथै नेवारी कला र संस्कृतिको जीवन्त प्रदर्शन गरिएको छ । ५० वर्ष भन्दा पुरानो नेवारी सभ्यता र त्यसबेला महिलालाई समाजले हेर्ने दृष्टीकोणलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक संयुक्त स्थापितले बताए । उनले सभ्यता, मनोरन्जन, सन्देश र कलाको समिश्रणकारुपमा चलचित्र निर्माण भएको दाबी गरे ।

प्रदर्शन गर्न लागिएको चलचित्र ‘गालय् वन’मा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाई लगायतको मुख्य भूमिका रहेको छ । संयुक्त स्थापितले निर्देशन गरेको चलचित्रको छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ४ : ०१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार