२१ माघ २०८२, बुधबार | February 5, 2026

नेपालमा आयो चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि



काठमाडौं । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ ।

घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ ।

चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने लोकोमो ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरजसिंह ठकुरीले बताउनुभयो ।

अमेरिका र नेपालमा गरिएको दुई वर्ष अवधिको प्राविधिक अन्वेषणपछि प्रविधिको प्रयोगका लागि सरकारले स्वीकृति दिएको थियो । मोटरसाइकल चोरी रोक्न र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसहित जिपीएस प्रविधि ‘लोकोमो’ले नेपाली बजारमा प्रवेश पाएको हो ।

लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सडक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । लोकोमो कार्य विभाग प्रमुख अनिता देवकोटाका अनुसार सार्वजनिक स्थानमा सवारी छाड्न परे लोकोमो मोबाइल एपबाट ‘स्मार्ट लक’ गरेमा मोटरसाइकल स्टार्ट हुँदैन र चोरी गर्न सक्दैन ।

उनले कथंकदाचित चोरी भएमा मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने र अनि मोबाइलमै लोकेसन पहिचान गरी सवारीसाधन पत्ता लगाउन सकिने बताइन् । रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन, तार काट्न अथवा चोरीको प्रयास गरेमा सेन्सर सक्रिय भई सवारीधनीलाई सूचना पठाउने उपकरण जडित हुनेछ ।

कुनै कारणबाट सवारीसाधन चोरी भएको खण्डमा सवारीधनीले प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेसन जानकारी गराउन सक्ने बताइएको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्र्याक गरी कुन रूटमा, कति गतिमा गुडिरहेको भनी हेर्ने र प्रहरी परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए ।

सवारीधनीले चोरी भएको सवारीकोे लोकेसन प्रहरीलाई नदिँदासम्म लोकेसन हेर्न भने नसक्ने लोकोमोका प्रविधि प्रमुख विक्रममान सिंह बस्नेतले बताए । उनले भने, “चोरी पैठारी रोक्नु, सामाजिक सुरक्षामा सहयोग पुर्याउनु प्रमुख उद्देश्य हो ।”

महिला स्कुटर चालकको रात्रिकालीन सुरक्षा लक्षित यसको अर्को विशेषता ‘सेफ्टी नेट’ रहेको छ । रातिको समय यात्रा गर्नेले आफ्नो रुट र लाइभ लोकेसन निश्चित समयका लागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ ।

यस प्रविधिले अभिभावकलाई आफ्ना सन्ततिले प्रयोग गन्तव्य, रुट र गतिबारे घरमै बसेर जानकारी लिन सहज हुनेछ । अन्तर्रास्ट्रिय गुणस्तर प्रमाण चिह्न प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटरसाइकल, स्कुटर, चारपाङ्ग्रे सवारीमा जडान गर्न सकिने प्रवर्द्धक कम्पनी सेन्टिनेल ल्याबले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ५८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता