४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेका एक हजार बढी एमाले संगठित सदस्यको प्रदेश कमिटीबाट सिधै सदस्यता नविकरण



नेपालगन्ज । नेकपा एमाले बाँकेमा जिल्ला नेतृत्वले नविकरण नगरि अलपत्र पारिएका एक हजार बढी एमालेका संगठित सदस्यहरुको सदस्यता लुम्बिनी प्रदेश कमिटीले सिधै नविकरण गरिदिएको छ । एमाले बाँकेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले नविकरण हुन नदिई रोकिएका संगठित सदस्यहरुको सदस्यता प्रदेश कमिटीबाट नविकरण भएको हो ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको बिहिवार दाङमा बसेको बैठकले बाँकेको बैजनाथ गाउँपालिका कमिटीका ८ सय बढी संगठित सदस्यसहित जिल्लाभरका एक हजार सातसय बढि संगठित सदस्यहरुको सदस्यता नविकरण गरिएको प्रदेश कमिटी सदस्य घननाथ खनालले जानकारी दिए ।

सदस्यता नविकरणको रसिद प्राप्त गरेर पनि पार्टीले ताकेको समयसीमा भित्रै जिल्ला पार्टी कार्यालयमा बुझाएको भएपनि अध्यक्ष कक्षपतिले नविकरण गर्न अस्वीकार गरेपछि पार्टीको बैजनाथ गाउँपालिका कमिटीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।

पार्टी केन्द्रीय सदस्य सुर्य ढकाल सहितका बाँकेबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु शान्ति ढकाल, दीपा शर्मा, पशुपति दयाल मिश्र र मोहम्मद हारुनले पार्टी संगठित सदस्यता कायम हुने भन्दै लिखित जिम्मेवारी लिएपछि तालाबन्दी खुलेको थियो । केन्द्रीय सदस्य ढकालले संगठित सदस्यहरुको नविकरण गराउन नसके राजिनामा दिने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको