काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चिनियाँ नागरिक लुई फयान र लि जिएलिनलाई नियन्त्रणमा लिएको ब्युरोका एक अधिकारीले जानकारी दिएका छन्।
राजस्व अनुसन्धान विभागले केही दिनअघि पक्राउ परेका दावा छिरिङसँग उनीहरुको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको हो। यस प्रकरणमा अहिलेसम्म तीन जना चिनियाँ समातिएका छन् ।
फयान र जिएलिनलाई आज त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। चीनजान लागेका उनीहरुलाई अध्यागमनको सहयोगमा पक्राउ गरिएको हो। उनीहरु हिमालयन एयरबाट चीन जान लागेका थिए।
उनीहरुलाई अध्यागमन विभागले कालोसूचीमा राखेको थियो। त्यसपछि अध्यागमनले उनीहरुलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो। अध्यागमनलाई ब्युरोले ती चिनियाँ नागरिकलाई कालोसूचीमा राख्न अनुरोध गरेको थियो।
अहिलेसम्म सुन प्रकरणमा २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
साउन ३ गते राजस्वको टोलीले भन्सार जाँच पास गरेर बाहिरिएको करिब एक अर्बको सुन बरामद गरेको थियो।



















प्रतिक्रिया