२५ भदौ २०८३, बिहिबार | September 10, 2026

क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ



काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चिनियाँ नागरिक लुई फयान र लि जिएलिनलाई नियन्त्रणमा लिएको ब्युरोका एक अधिकारीले जानकारी दिएका छन्।

राजस्व अनुसन्धान विभागले केही दिनअघि पक्राउ परेका दावा छिरिङसँग उनीहरुको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको हो। यस प्रकरणमा अहिलेसम्म तीन जना चिनियाँ समातिएका छन् ।

फयान र जिएलिनलाई आज त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। चीनजान लागेका उनीहरुलाई अध्यागमनको सहयोगमा पक्राउ गरिएको हो। उनीहरु हिमालयन एयरबाट चीन जान लागेका थिए।

उनीहरुलाई अध्यागमन विभागले कालोसूचीमा राखेको थियो। त्यसपछि अध्यागमनले उनीहरुलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो। अध्यागमनलाई ब्युरोले ती चिनियाँ नागरिकलाई कालोसूचीमा राख्न अनुरोध गरेको थियो।

अहिलेसम्म सुन प्रकरणमा २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

साउन ३ गते राजस्वको टोलीले भन्सार जाँच पास गरेर बाहिरिएको करिब एक अर्बको सुन बरामद गरेको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १० : ३३ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको