९ श्रावण २०८३, शनिबार | July 25, 2026

सदन अवरुद्ध भएको समयको सेवासुविधा नलिने रास्वपाको घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने जानकारी गराएको छ ।

रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले अवरुद्ध संसद्को समयको कुनै पनि सेवासुविधा पार्टीले नलिनेसभामुख देवराज घिमिरलेलाई जानकारी गराएका हुन् ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी बैठक स्थगित गरिएको छ ।

लगातार सदन अवरुद्ध भएपछि रास्वपाले संसद् बैठक नियमित चल्नका लागि सार्थक पहल गनै आग्रह गर्दै अवरुद्ध समयको सेवासुविधा नलिने जानकारी सभामुख घिमिरेलाई गराएको हो ।

‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवासुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ,’ सभामुख घिमिरेलाई बुझाएको पत्रमा भनिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  २ : ४१ बजे

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

पोखरा । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा