१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युद्धको बीचमा युक्रेनले गरयो सैन्य अधिकारीहरूलाई बर्खास्त



किभ । युद्धको बीचमा कुनै देशका सैन्य अधिकारीहरूलाई हटाउने घटनाहरू विरलै देख्न सकिन्छ। यदि यस्तो भयो भने त्यसको पछाडि केही ठोस कारण हुनुपर्छ ।

यस्तै घटना अहिले युक्रेनमा देखिएको छ, जहाँ राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सबै सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भ्रष्टचारको आरोप लगाउँदै देशको बिभिन्न क्षेत्रवाट सैन्य भर्ती गर्ने अधिकारीहरूलाई बर्खास्त गरेका छन्। उनले युद्धकालमा भ्रष्टाचार गर्नु देशद्रोह बराबर भएकोसमेत बताए । युक्रेनमा भ्रष्टाचार व्याप्त छ । युद्धअघि पनि भ्रष्टाचार जस्ता समस्याको सामना गर्नु परेको थियो । यो पटक सेनामा पनि देखिएको छ ।

सो बिषयलाइ लिएर जेलेन्स्कीले वरिष्ठ सैन्य अधिकारीहरूसँग बैठक गरेका थिए । यसपछि सामाजिक सञ्जाल पोस्टमा भनेका छन्,  ‘हामी सबै स्थानीय सैन्य आयुक्तहरूलाई हटाइरहेका छौं। यो प्रणाली युद्ध के हो र किन संदिग्धता र घुसखोरीलाई युद्धको समयमा देशद्रोह मानिन्छ भन्ने थाहा भएका मानिसहरूले चलाउनु पर्छ।’ युक्रेनले गत वर्ष फेब्रुअरीदेखि रुससँग युद्ध गरिरहेको छ ।

रुससँग चलिरहेको युद्धमा लड्न युक्रेनका विभिन्न भागबाट युवाहरू भर्ना भइरहेका थिए । जसलाई अहिले भ्रष्टचारको आरोपमा जागिरबाट हटाइएको छ, उनीहरुको काम युक्रेनको सेनामा विभिन्न क्षेत्रका युवाहरुलाई भर्ना गर्ने थियो । युक्रेनले भर्ना प्रक्रियामा भइरहेको भ्रष्टाचार रोक्नु पर्छ भन्ने पश्चिमी देश र युरोपेली संघजस्ता संस्थाबाट निरन्तर माग भइरहेको थियो ।

युक्रेनी सरकारले सैन्य अधिकारीहरूलाई बर्खास्त गर्नु यस एपिसोडको सुरुवात मात्र हो। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सैनिक अधिकृतहरूले नियुक्तिमा भ्रष्टाचार गरेकोले देशको राष्ट्रिय सुरक्षामा ठूलो खतरा रहेको उल्लेख गरिएको छ । जसका कारण देशका संस्थानहरुको विश्वसनीयतामा असर परेको छ । अब सेना प्रमुखले सैन्य भर्ती प्रक्रिया पूरा गर्न अधिकारी छनोट गर्नेछन्।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ११ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी