१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बागलुङ कालिकामा विदेशी पूजा सामाग्री प्रतिबन्ध



बागलुङ । बागलुङ कालिका भगवती मन्दिरमा विदेशमा बनेका पूजा सामाग्रीमाथि प्रतिबन्ध लगाइएको छ । कालिका भगवती मन्दिर व्यवस्थापन समितिले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन बाह्य मुलुकमा बनेका धुपदीप तथा नैब्यद्यका सामाग्रीहरुले पुजा अर्जना गर्न रोक लागएको हो ।

बाहिरी मुलुकमा बनेका पुजा सामाग्रीहरुले मन्दिर परिसरमा फोहोर पनि बढ्न थालेको र नेपालीहरुलाई स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नको लागि बाह्य मुलुकमा उत्पादित सिन्के धुप,चुनरी,नरिवल लगाएतका पुजाका सामाग्रीहरु मन्दिरमा प्रयोग गर्न नदिने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

“पुजाका सामाग्रीहरु सिन्के धुप, चुनरी, नरिवल लगाएतका बाह्य मुलुकबाट आयातित हुने वस्तुहरुलाई निषेधीत गर्ने निर्णय गरेका छौँ, उनले भने” स्थानिय स्तरमा उत्पादित वस्तुहरुलाई मात्र मन्दिरमा पुजा अर्चना गर्ने सामाग्रीको रुपमा विक्री वितरण गर्न स्थानीय व्यापारीहरुलाई हामीहरुले अनुरोध गरेका छौँ । उनले स्थानीय नेपाली कागजमा बाटेको धुप प्रयोग गर्न आग्रह गर्दै हाललाई चुनरी र सिन्के धुपको प्रयोगमा रोक लगाइएको जानकारी दिए ।

मन्दिरमा चढाउने फुलपाती, धजा, धुप देखि प्रसाद सम्मका सामाग्रीहरु नेपालमै उत्पादित हुदाँ हुदै पनि भारत लगाएतका देशमा बनेका सामाग्रीहरुको प्रयोग बढ्न थालेपछि समितिले स्थानीय उत्पादनलाई जोड दिन यस्तो निर्णय गरेको जनाएको छ । भारतीय दर्शनार्थीहरुले ल्याउने पूजा सामाग्रीका विषयमा भने ब्यवस्थापन समितिले केही उल्लेख गरेको छैन ।

बागलुङ कालिका भगवतिको दर्शन गर्न नेपाल, भारत तथा अन्य मुलुकमा रहेका हिन्दु धर्मालम्बीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु पनि बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् ।

बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको स्थानीय बताउँछन् । बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : १९ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको