१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

माधव नेपालमाथी अदालतकाे आदेश संसयपुर्ण छः मन्त्री भुसाल



महोत्तरी  । एकीकृत समाजवादीका कार्यावाहक अध्यक्ष डा. बेदुराम भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटी अध्यक्ष माधव नेपाललाई अदालतले छानविनको लागी दिएको आदेश नै संसयपुर्ण भएको बताएका छन ।

अदालतले नहुने बिषयमा आदेश दिएको बताउदै कृषि तथा पशुपंक्षी मन्त्री समेत रहेका भुसालले वास्तविक बिषयलाइ मोडेर अदालतले दिएको आदेश स्वभाविक हो कि होइन भन्ने बिषयमा समेत प्रश्न उठेको वताए ।

‘न्याय क्षेत्रमा काम गर्ने कानुन व्यवसायीहरुले अदालतको आदेश अस्वभाविक भएको बताईरहेको वेला हामीले त्यस्लाइ संसयको रुपमा लिएका छौ,’ मन्त्री भुसालले भने । यदपी छानविनलाइ आफ्नो पार्टीले सदैव सहयोग गर्ने उनको भनाइ छ  ।

अध्यक्ष माधव नेपाललाइ अदालतले छानविन गर्न आदेश दिइरहेको वेला किन भगाउनुभयो भन्ने प्रश्नमा मन्त्री भुसालले त्यो आरोप मात्र भएको वताए । अध्यक्ष नेपाल पुर्वनिर्धारित कार्यक्रम अनुसार नै बिदेश गएको वताउदै भाग्यो या भगायो भन्नू प्रतिसोधपुर्ण भावना भएको जिकिर गरे ।

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका मन्त्री भुसालले सरकार सुशासनको प्रत्याभूत दिलाउने दिशातर्फ सदैव उन्मुख भएको पनि वताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : ५४ बजे

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल