१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछ : कृषिमन्त्री भुसाल



महोतरी । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी विस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनको तर्क छ ।

`मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने वताउदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।

पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढदै गएको छ । मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको  हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ०४ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको