७ श्रावण २०८३, बिहिबार | July 24, 2026

लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं खोल्ने निर्णय ल्हारक्यालले लिए फिर्ता



बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने प्रस्ताव फिर्ता लिएका छन् । विकास कोषको सचिवालयको शुक्रबार बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने प्रस्तावको सर्वत्र चर्को विरोध भएपछि उपाध्यक्ष लामाले काठमाडौंमा सम्पर्क कार्यालय नखोल्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

यस अघि काठमाडौंमा कार्यालय हुँदा कोषका पदाधिकारीहरु अधिकांस समय काठमाडौंमै बस्ने र कर्मचारीहरु पनि बिभिन्न बहानामा काज मिलाएर काठमाडौं मै बस्ने प्रबृत्ति देखिएपछि काठमाडौंमा रहेको प्रधान कार्यालय बन्द गरेर लुम्बिनीमा नै रहने ब्यवस्था गरिएको थियो ।

उपाध्यक्ष लामाले आज एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै समुदायले राखेको चासो र चिन्ता प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । उनले सम्पर्क कार्यालय काठमाडौं खोल्ने प्रस्ताव पुरानै भएको दाबी गर्दै सोही निर्णयलाई सदर गरिएकोमा त्यसलाई पुनर्विचार गर्दै काठमाडौंमा सम्पर्क कार्यालय नखोल्ने प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनी प्रति सरोकार राख्नेहरुले ब्यक्त गरेको चासो र सकारात्मक चिन्तालाई कोषले सधैं स्वागत गर्ने पनि उनले उल्लेख गरेका छन् । लामाले लुम्बिनी क्षेत्रमा समुदायलाई अनुकुल र हित हुने कार्य गर्नु कोषको कर्तब्य भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : २० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी