१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लुम्बिनी प्राबिधिक विश्वविद्यालयका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा



खजुरा । बाँकेको खजुरामा संचालन हुने लुम्बिनी प्राबिधिक विश्वविद्यालयको जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ । प्रादेशिक विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराईदिने खजुरा गाँउपालिकाको सिफारिसलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको हालसाबिक गर्न जिल्ला नापी र मालपोत कार्यालय बाँकेलाई पत्राचार गरेको छ ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकको नेतृत्वमा मन्त्रालय पुगेको प्रतिनिधि मण्डलको पहल पछि मन्त्रालयले नापी र मालपोतलाई हाल साबिकको लागि पत्राचार गरेको हो । बिभिन्न कित्तामा रहेको भण्डै ११३ बिगाहा जग्गा श्री ५ को सरकार कै नाममा जग्गा श्रेष्ता कायम रहेको र पुरानो नापी अनुसार बिगाहाको नाप मापदण्डमा रहेकोमा बर्गमिटर कायम गरि पठाउन हालसाबिकको पत्र पठाइएको बताइएको छ ।

अध्यक्ष बिकको नेतृत्जमा डेलिगेशन सहित काठमाडौं पुगेका टोलीले यस सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीसंग भेटेर छलफल गरेका थिए । मन्त्री चौधरीसंगको लामो छलफलपछि मन्त्रालय हालसाबिकको पत्र लेख्न तयार भएको खजुरा गाँउ पालिका अध्यक्ष बिकले बताए ।

हाल साबिक गरेर पठाए लगत्तै स्थलगत अनुगमन हुने र त्यसपछि मन्त्रिपरिषदबाट जग्गा भाडामा उपलब्ध गराउने निर्णय हुने प्रतिनिधि मण्डलका सदस्य एवं पालिकाका प्रवक्ता धनिराम वलीले बताए । गाँउपालिका, जिल्ला समन्वय समिति र जिल्ला जग्गा ब्यवस्थापन समितिबाट विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराउने विषयमा सिफारिस भइसकेको उनले बताए ।

विश्वविद्यालयको जग्गा प्राप्तिका लागि अध्यक्ष विक सहित संविधानसभाकी पूर्व उपसभामुख पुर्ण कुमारी सुवेदी , पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके क्षेत्र नम्बर ३ कि संघीय सांसद आशा विक, पुर्व प्रदेश सांसद आइपि खरेल , माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी अध्यक्ष राज कुमार बिक खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनीराम वली लगाएतको टोली डेलिकेशनमा मन्त्रालय पुगेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : ०३ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११