७ श्रावण २०८३, बिहिबार | July 24, 2026

खजुरा सडक खण्डको ठेक्का तोडियो, ठेकेदारलाई कालोसूचीमा सिफारिस गर्न माग



खजुरा । बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको ठेक्का सम्झौता सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जले ताड्ने निर्णय गरेको छ । पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको हो ।

तीन पटक म्याद थप र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि सम्झौता तोडिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले जानकारी दिए ।

स्थानीयबाट लामो समय देखि काम नगर्ने ठेकेदारसँगको सम्झौता तोडेर नेपालगन्ज बर्दिया सडक निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीलाई काम सुम्पन आग्रह गर्दै आएका थिए । ठेक्का सम्झौता तोडिएको खबरले आफु खुसी भएको बताउँदै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकले अवको बाँकी काम सडक बिभागको निगरानीमा शर्मा एण्ड कम्पनीबाट गराउन आग्रह गरे । काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्न माग गर्दै गाँउपालिकाले पटक पटक डेलिगेशन गएको स्मरण गर्दै त्यस्ता ठेकेदारलाई कालोसूचीमा लैजान ढिला गर्न नहुने उनले बताए ।

डिभिजन प्रमुख शाक्यले पनि अव ठेकेदार कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने बाटो खुलेको बताए । उनले सम्झौता तोडिएकाले ठेकेदारले राज्यलाई पु¥याएको क्षतिको एकिन गरि असुल गरिने र बाँकी प्रक्रिया अगाडि बढ्ने बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता ताडेर कालो सूचीमा राख्न नागरिक स्तरबाट माग हुँदै आएको छ ।

“सम्झौताअनुसार प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि नबढेपछि सम्झौता तोड्नुको बिकल्प रहेन ”, को डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इञ्जीनियर शाक्यले भने ।

काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरुप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको थियो ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।

सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर सोही खण्डमा काम गरिरहेको शर्मा एण्ड कम्पनीबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको पालिका अध्यक्ष विकले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ०३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी