११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

एकीकृत समाजवादीका अध्यक्ष नेपाल आज स्वदेश फर्कदै



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कदैछन् । भदौं १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन ।

सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् । एक साता अघि स्विटजरल्याण्डलगायत युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परे पछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन ।

पुर्व निर्धारित कार्यक्रम अनुसार गत साउन २२ गते युरोप गएपनि त्यसको एक दिन अघि सर्वोच्च अदालतले पुर्व प्रधानमन्त्री नेपाललगायत बाबुराम भट्टराईलाई पनि छानबिन गर्ने बाटो खोलिदिएको थियो । सर्वोच्च अदालतले आदेश दिएको भोलीपल्ट विदेश गए पछि धेरैले ‘फरार’ भएको भन्दै आलोचना गरे पछि अध्यक्ष नेपालले त्यसको प्रतिवाद गर्दै आएका थिए ।

युरोपबाटै उनले आफु निर्दोष भएको जनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धानमा सहयोग गर्ने जनाउँदै आएका छन् । गत साउन २१ गते अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्न आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ३८ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र