१ पुस २०८२, मंगलबार | December 17, 2025

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको कांग्रेस संसदीय दलको निष्कर्ष



काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेस साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठनको विपक्षमा उभिएको छ । कांग्रेस संसदीयदलको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ।

तीन दिनसम्म बसेको संसदीय दलको बैठकको निष्कर्ष सुनाउँदै नेपाली कांग्रेस संसदीयदलका प्रमुख सचेतक रमेश लेखकले संसदीयदलको बैठकले सुन तस्करी प्रकरण छानबिन गर्न अन्य कुनै समिति आवश्यक नरेको निष्कर्ष निकालेको जानकारी दिए।

‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ। अवैधरुपमा सुन बाहिरिनु चिन्ताजनक छ। यस्ता गैरकानुननी कार्य पूर्णरुपले निष्तेज र नियन्त्रण हुनुपर्छ’, उनले भने, ‘यस्ता प्रकृतिको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेका छन्। कांग्रेसले यस घटनाको गहिराइमा गएर अनुसन्धान गर्न आग्रह गरेको छ।’

अहिले नै कांग्रेस सुन प्रकरणका लागि उच्चस्तरीय समिति चाहिन्छ भन्ने पक्षमा पुगिनसकेको लेखकले बताए।

‘हामीले सरकारलाई यो विषयमा सत्य तथ्य छानबिनका लागि स्वतन्त्र निष्पक्ष र गहिराइमा गई अभियोजन गर्न भनेका छौँ’, उनले भने, ‘अहिलेका लागि सीआईबीले छानबिन गरिरहेको छ। यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ। अहिले नै अर्को समितितिर जानु पर्छ भन्ने पक्षमा कांग्रेस छैन।’

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष