८ चैत्र २०८२, आइतबार | March 22, 2026

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको कांग्रेस संसदीय दलको निष्कर्ष



काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेस साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठनको विपक्षमा उभिएको छ । कांग्रेस संसदीयदलको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ।

तीन दिनसम्म बसेको संसदीय दलको बैठकको निष्कर्ष सुनाउँदै नेपाली कांग्रेस संसदीयदलका प्रमुख सचेतक रमेश लेखकले संसदीयदलको बैठकले सुन तस्करी प्रकरण छानबिन गर्न अन्य कुनै समिति आवश्यक नरेको निष्कर्ष निकालेको जानकारी दिए।

‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ। अवैधरुपमा सुन बाहिरिनु चिन्ताजनक छ। यस्ता गैरकानुननी कार्य पूर्णरुपले निष्तेज र नियन्त्रण हुनुपर्छ’, उनले भने, ‘यस्ता प्रकृतिको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेका छन्। कांग्रेसले यस घटनाको गहिराइमा गएर अनुसन्धान गर्न आग्रह गरेको छ।’

अहिले नै कांग्रेस सुन प्रकरणका लागि उच्चस्तरीय समिति चाहिन्छ भन्ने पक्षमा पुगिनसकेको लेखकले बताए।

‘हामीले सरकारलाई यो विषयमा सत्य तथ्य छानबिनका लागि स्वतन्त्र निष्पक्ष र गहिराइमा गई अभियोजन गर्न भनेका छौँ’, उनले भने, ‘अहिलेका लागि सीआईबीले छानबिन गरिरहेको छ। यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ। अहिले नै अर्को समितितिर जानु पर्छ भन्ने पक्षमा कांग्रेस छैन।’

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : १९ बजे

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले