३ पुस २०८२, बिहिबार | December 18, 2025

विमानस्थल बाहिरबाट बरामद सुन ६० केजी ७७९ ग्राम, गुणस्तर मंगलबारमात्र थाहा हुने



काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको अवैध सुनको २७ दिन पछि खुद तौल सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामदी सुनको तौल आज सार्वजनिक गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पत्रका आधारमा ब्रेक सुबाट हटाएर सुन तौल गर्दा ६० केजी ७८९ ग्राम ठहर भएको जनाइएको छ । ब्रेक सु सहितको तौल अन्दाजी १५५ केजी रहेको बताइएको थियो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सो सुनको गुणस्तर भने मंगलबार मात्र जाँच हुने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा मंगलबार सुनको गुणस्तर जाँच गर्ने जनाइएको छ ।

महाशाखा प्रमुख थानेश्वर आचार्य अझै पनि सुनको एकिन तौल आउन बाँकी रहेको बताएका छन् । राजस्व अनुसन्धान विभाग, सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा सुन लुकाइएको ब्रेक सुको कार्टुन खोलेर जोखिएको हो।

राजस्व अनुसन्धान विभागले बरामद गरेपछि कार्टुनसमेत पोको पाकेर राष्ट्र बैंकमा राखिएको थियो। आचार्यका अनुसार एउटा कार्टुन खोलेर हेर्दा जति आँकलन गरिएको त्यो भन्दा कम सुन भेटिएको छ।

चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको थियो।

बरामद गरेको २७ दिनपछि सुनको तौल लिइएको हो।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ०२ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा