८ चैत्र २०८२, आइतबार | March 22, 2026

विमानस्थल बाहिरबाट बरामद सुन ६० केजी ७७९ ग्राम, गुणस्तर मंगलबारमात्र थाहा हुने



काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको अवैध सुनको २७ दिन पछि खुद तौल सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामदी सुनको तौल आज सार्वजनिक गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पत्रका आधारमा ब्रेक सुबाट हटाएर सुन तौल गर्दा ६० केजी ७८९ ग्राम ठहर भएको जनाइएको छ । ब्रेक सु सहितको तौल अन्दाजी १५५ केजी रहेको बताइएको थियो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सो सुनको गुणस्तर भने मंगलबार मात्र जाँच हुने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा मंगलबार सुनको गुणस्तर जाँच गर्ने जनाइएको छ ।

महाशाखा प्रमुख थानेश्वर आचार्य अझै पनि सुनको एकिन तौल आउन बाँकी रहेको बताएका छन् । राजस्व अनुसन्धान विभाग, सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा सुन लुकाइएको ब्रेक सुको कार्टुन खोलेर जोखिएको हो।

राजस्व अनुसन्धान विभागले बरामद गरेपछि कार्टुनसमेत पोको पाकेर राष्ट्र बैंकमा राखिएको थियो। आचार्यका अनुसार एउटा कार्टुन खोलेर हेर्दा जति आँकलन गरिएको त्यो भन्दा कम सुन भेटिएको छ।

चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो। राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको थियो।

बरामद गरेको २७ दिनपछि सुनको तौल लिइएको हो।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ०२ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड