५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

भारतको हिमाञ्चलमा पहिरोमा परी ५० को मृत्यु



शिमला । भारतको हिमाचल प्रदेशमा वर्षाका कारण भएको भीषण विनाशका कारण ५० भन्दा बढीको मृत्यु भएको छ ।

जसमध्ये शिमला पहिरोका दुई घटनामा १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण कतिपय ठाउँमा पहिरो खसेको छ, जसका कारण धेरै मुख्य सडकहरु बन्द भएका छन् भने कयौं घरहरु भत्किएका
छन् ।

मण्डीका उपायुक्त अरिन्दम चौधरीले जिल्लाका विभिन्न ठाउँमा वर्षाका कारण कम्तीमा १९ जनाको ज्यान गएको र धेरैको शव निकालिएको बताए । शिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको आशंका छ । साउन महिना भएकाले दुर्घटना हुँदा मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

शिमलामा दुई ठाउँमा पहिरो गएको र मन्दिर नजिकैको पहिरो तीमध्ये एउटा हो, शिमलामा भारी वर्षा भइरहेको अधिकारीहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने उनले बताए । शिमलाका प्रहरी उपरीक्षक (एसपी) सञ्जीव कुमार गान्धीले फागली क्षेत्रमा दोस्रो पहिरो गएको र त्यहाँको भग्नावशेषबाट पाँच जनाको शव निकालिएको र १७ जनालाई उद्धार गरिएको बताए ।

शिमलामा पहिरोका दुई घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मुख्यमन्त्री सुखविन्द सिंह सुखुले समर हिल क्षेत्रमा रहेको शिव मन्दिर र फागली क्षेत्रमा अर्को ठाउँमा पहिरो खसेको र भग्नावशेषबाट नौ जनाको शव निकालिएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ०२ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन