५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

हिमाञ्चल र उत्तराखण्डमा बाढी पहिरोमा परी हालसम्म २३० जनाको मृत्यु गयो ज्यान



शिमला । हिमाञ्चल प्रदेश र उत्तराखण्डमा वर्षा र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । जुन महिनादेखि यी दुई राज्यमा २३० भन्दा बढीले ज्यान गुमाएका छन् । यति मात्र होइन यो साता यी दुई राज्यमा ८४ जनाको मृत्यु भएको छ ।

हिमाचलमा पहिरोका कारण कम्तिमा ६८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । शिमलाको समरहिल क्षेत्रमा भीषण पहिरोमा परेर बेपत्ता भएका २१ जनामध्ये १४ जनाको शव निकालिएको छ ।

सोही उही समयमा कांगडाको फतेहपुर र इन्दोरा क्षेत्रमा बाढीमा फसेका ३०८ जनालाई बाहिर निकालिएको थियो । आज बिहानैदेखि राहत कार्य सुरु भएको छ ।

मण्डी कुल्लु र सेन्ज औट राष्ट्रिय राजमार्ग सहित ८७५ सडकहरू बन्द छन्र भने १२ सय बस मार्गहरू अवरुद्ध छन् ।

सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले हिमाञ्चल प्रदेशमा भारी वर्षा, पहिरोले भएको विनाश माथि राजनीति गर्नुको सट्टा सबैले मिलेर काम गर्नुपर्ने बताए । उनले कांग्रेसलगायत सबै राजनीतिक दललाई राजनीति छोडेर जनताको सहयोगमा लाग्न आग्रह गरे ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ४८ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन