१३ बैशाख २०८३, आइतबार | April 26, 2026

बुटवलमा प्रथम राधाकृष्ण कप यु-१८ फाईब ए साईड फुटबल प्रतियोगिता सुरु



बुटवल । राधाकृष्ण युवा क्लब बुटवलको आयोजनामा प्रथम राधाकृष्ण कप यु-१८ फाईब ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका बुटवलमा पहिलो पटक १८ वर्ष मुनिका खेलाडीहरु बिच फाईभ ए साईड फुटबल प्रतियोगिता आयोजना गरीएको हो ।

फुटबल प्रतियोगिताको सोमबार पहिलो दिनको खेलमा आयोजक राधाकृष्ण युवा क्लब र बेलबास युवा क्लब विजयी भएको छ । बुटवल नयाँ बसपार्कस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक राधाकृष्ण फुटबल क्लबले एभरेष्ट फुटबल क्लब ५-० गोल अन्तर तथा बेलबास युवा क्लबले चिडीयाखोला फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष शिब रानाले उद्घाटन गर्दै ग्रासरुट खेल विकासमा सबै क्लबहरु लाग्नुपर्ने बताए । युवाहरु एकताबद्ध गर्दै खेलको माध्यमबाट अनुसासित र नेतृत्वदायी भुमिका विकास गर्न खेलकुद संस्थाहरुको योगदान हुने उनले बताए । नगरभित्रका खेलकुद संस्थाहरुलाई ब्यवस्थित गर्दै चलायमान गर्ने लक्ष्यसहित नगर खेलकुद समिति गठन भएको भन्दै प्रवक्ता रानाले नीतिगत रुपमा खेलकुद विकासका कामहरु अघि बढाउने बताए ।

क्लबका अध्यक्ष यम बरालले खेल विकासमा ग्रासरुट खेलकुदको महत्व प्रकाश पार्दै नेपालमा राजनीतिक खिचातानीकै कारण खेल पछि परेको दुखेसो गरे । अवसरबाट बन्चित उमेर समुहका खेलाडीहरुलाई प्लटर्फम दिने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडा सदस्य भरत पुरी, बुटवल सोसाईटीका अध्यक्ष सुजन पुन, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, राजकुमार भट्टराई, सुमित खनालले हरेक वडामा एक एक खेलमैदान आजको आवश्यकता भएको भन्दै स्थानिय सरकार ब्यवस्थापनमा लाग्नुपर्ने बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक बिश्वजित ताम्राकारले बताए । यसैगरि बिधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने उनले बताए भदौ ४ गतेसम्म चल्ने प्रतियोगितामा २४ टिमले उपाधिको लागि प्रतिस्प्रर्धा गरेका छन । मंगलबार चार वटा खेलहरु हुने छन । पहिलो खेल टिम न्यु लाईट र नया गाउ रोयल, स्कलर्स होम र सोल्टी युनाईटेड, रिचकिड एफसी र एनएसएफसी बि तथा आहाना एफसी र अक्सफोर्ड कलेजका बिचमा खेलहरु हुने छन ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ०२ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण