२ पुस २०८२, बुधबार | December 17, 2025

इथोपियामा सरकारी र मिलिसियाबिच भिडन्त जारी, २६ को मृत्यु



अदिस अब्बा । इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त जारी छ । यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ । विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मी र समूहबीच जारी भिडन्तका कारण विष्फोट हुनुअघि १६० जनाको उपचार भइसकेको छ ।

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडाइँ भएको थियो । इथियोपिया मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ । दुई समूहबीच केही समयदेखि तनाव जारी छ ।

अगस्ट ३ मा इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गर्‍यो, जुन मिलिशियाहरूले देशमा राष्ट्रिय संकट निम्त्याउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ११ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको