१९ बैशाख २०८३, शनिबार | May 2, 2026

‘अनुसन्धानका लागि मलाई बोलाउनुस् भनेकै छु, बोलाउँदैनन् त के गर्नु ?’ : कृष्णबहादुर महरा



दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार रहेको बताएका छन् ।

सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन् ।

सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर आएको विषयमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको उनको भनाइ छ । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका  लागि सघाउनका निम्ति तयार छु । छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बोलाउँदैनन् त के गर्नु ?,’ उनले भने ।

चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ । तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : ३० बजे

राष्ट्रपतिलाई भेटेका आङ्देम्बेले गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता हुँदै

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी

तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका

रोल्पा जिप दुर्घटनाको तीन दिनपछि रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा २० जनाको ज्यान