७ मंसिर २०८३, सोमबार | November 24, 2026

सुन तस्करी प्रकरण : गालेपछिको सुनको खुद तौल ६० किलो ७१६ ग्राम ठहर



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुनको खुद तौल ६० किलो ७१६ ग्राम ठहर भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज बरामदी सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम ठहरिएको हो ।

ब्रेक शुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम रहेकोमा गाल्दा खेरि सुन ७३ ग्राम घटेको बताइएको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा विमानस्थल भन्सार कार्यालय बाहिर सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल १५५ केजी रहेको सार्वजनिक गरिएको थियो ।

हिजो ब्रेक शुबाट अलग गरिएको सुन आज सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा गालेर जोखिएको हो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।

सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ३ : १८ बजे

Your email address will not be published.

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक, द्विपक्षीय सहकार्यमा नयाँ आयाम थपियो : मन्त्री खनाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति

झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्दै

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र