१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने



काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फाराम आह्वान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन आह्वान गरेको हो ।

बोर्डले पूरक परीक्षा असोज ६ र ७ गते हुने जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । २०८० जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भएर सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका, तर बाँकी दुई विषयमा एनजी (नट ग्रेडेड) प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । यस्तै, बढीमा २ विषयमा अबसेन्ट (गैरहाजिर) रहेका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउनेछन् ।

पहिलो दिन अनिवार्य अंग्रेजी अथवा एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुने बोर्डले जनाएको छ । २ विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पहिलो दिन हुनेछ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपालकी विषयको परीक्षा दिनुपर्नेछ ।

दोस्रो दिन (असोज ७ गते) २ विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्भर भएको विषयको परीक्षा हुने छ ।

पूरक परीक्षामा सहभागी हुनका लागि भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी ६०० रुपैयाँका दरले हुन आउने रकम बुझाइ सक्नुपर्ने बोर्डले जनाएको छ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि मिति भदौ २९ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी १ हजार २०० बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाइसक्नु पर्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : २८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले