३ पुस २०८२, बिहिबार | December 18, 2025

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने



काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फाराम आह्वान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन आह्वान गरेको हो ।

बोर्डले पूरक परीक्षा असोज ६ र ७ गते हुने जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । २०८० जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भएर सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरेका, तर बाँकी दुई विषयमा एनजी (नट ग्रेडेड) प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । यस्तै, बढीमा २ विषयमा अबसेन्ट (गैरहाजिर) रहेका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउनेछन् ।

पहिलो दिन अनिवार्य अंग्रेजी अथवा एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुने बोर्डले जनाएको छ । २ विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पहिलो दिन हुनेछ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपालकी विषयको परीक्षा दिनुपर्नेछ ।

दोस्रो दिन (असोज ७ गते) २ विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्भर भएको विषयको परीक्षा हुने छ ।

पूरक परीक्षामा सहभागी हुनका लागि भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी ६०० रुपैयाँका दरले हुन आउने रकम बुझाइ सक्नुपर्ने बोर्डले जनाएको छ । उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि मिति भदौ २९ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी १ हजार २०० बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाइसक्नु पर्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : २८ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा