१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवल उपमहानगरको वृक्षारोपण पशु चौपायाको चरण, एक महिना नपुग्दै बोटविरुवा सखाप (फोटो फिचर)



बुटवल । बुटवलमा अभियानका रुपमा थालिएको वृक्षारोपण सुरु गरिएको एक महिना नपुग्दै सखाप भएको छ । साउन १५ गते देखि बुटवल उपमहानगरले सुरु गरेको ४५ दिने अभियान अन्तर्गत लगाइएका अधिकांश बोटविरुवाहरु छाडा पशु चौपायाले सखाप पारिदिएको हो ।

बुटवलमा समस्याका रुपमा रहेको छाडा पशु चौपाया नियन्त्रण नगरि रोपिएको विरुवाहरु एक महिना नहुँदै नाङ्गो बनेको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष सुमुन्द्र जीसीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

गत साउन १५ गते मात्र बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले तामझामका साथ ४५ दिने सरसफाई सहित वृक्षारोपण र उज्यालो बुटवल अभियानको आरम्भ गरेका थिए । पहिलो चरणमा रोपिएका योगीकुटी कालिकानगर खण्डका अधिकांश बिरुवा चौपायाले खाएर नष्ट भएका छन् ।

अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम राखिएको थियो । एक घर तीन रुख कार्यक्रमका लागि भन्दै उपमहानगरले वृक्षारोपणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । पशु चौपायाको नियन्त्रण बिना रोपिएका अधिकांश रुख विरुवा चौपायाले खाएपछि उपमहानगरको १२ लाख बालुवामा पानी हुने अवस्था सृजना भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष जीसीले बताए । उनले छाडा चौपायाबाट रुख बिरुवा मात्र होईन बुटवलमा नयाँ बनेका कालो पत्रे समेत केहि महिनामा ध्वस्त हुने बताए । कालोपत्रको सबै भन्दा बढी दुस्मन गोबर र पशुमुत्र भएको उल्लेख गर्दै अहिले चिल्ला देखिएका सडक केही महिनामै खण्डहर बन्ने बताए ।

 

अभियानको आरम्भ गर्दै नगर प्रमुख पाण्डले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना सुनाएका थिए ।

उपमहानगरले रात्रीकालिन बजार भनेर निर्धारण गरेको क्षेत्रमा सुरक्षा ब्यवस्था नहुँदा दिनहुँ ग्याङ फाइट हुन थालेको छ ।
बुटवलले चालु आर्थिक वर्षमा विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ भने रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र बिरुवा रोपिएपनि रोपिएको महिना दिन नबित्दै बिरुवा चौपायाको चरण क्षेत्र बनेको छ ।

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३९३ सय बिरुवा रोपिने कार्यक्रम अन्तर्गत अधिकांस स्थानमा विरुवा रोपिएका थिए ।

बुटवल उपमहानगरले भने विरुवा रोप्नु अघि विभिन्न संघ संस्थाहरुलाई तारजाली गर्न जिम्मा दिइएकोमा ती संस्थाहरुले प्रतिबद्धता अनुसार तारजाली नलगाइदिएका कारण विरुवाको क्षति भएको जनाएको छ । ‘संघ संस्थाकै इच्छा अनुसार उनीहरुको लोगो राख्न पाउने गरि तार जालीको जिम्मा लगाइएको थियो, तारजालीको काम नहुँदा क्षेति भयो ।’ बुटवल उपमहानगरका प्रमुख प्रशासमिय अधिकृत टेकराज पन्थीले भने ।

उपमहानगरसँग बुटवलको कालिकानगर क्षेत्रको तारजालीका लागि बुटवल उद्योग बाणिज्य संघ र सिटिजन्स बैंकले प्रतिबद्धता ब्यक्त गरेको भएपनि ती संस्थाहरुले काम नगरेकाले बिरुवाको क्षेति भएको हो । भाद्रभरिमा तारजाली लगाइसक्ने प्रतिबद्धता आएको बुटवल उपमहानगरका अधिकृत ठगिश्वर पोखरेलले बताए ।

फोटो फिचर

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १२ : ४४ बजे

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका-६ रौसेल्ला खोला नजिक मौवा-गिरीचौकको कच्ची

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन