२२ मंसिर २०८०, शुक्रबार | December 9, 2023

बुटवल उपमहानगरको वृक्षारोपण पशु चौपायाको चरण, एक महिना नपुग्दै बोटविरुवा सखाप (फोटो फिचर)



बुटवल । बुटवलमा अभियानका रुपमा थालिएको वृक्षारोपण सुरु गरिएको एक महिना नपुग्दै सखाप भएको छ । साउन १५ गते देखि बुटवल उपमहानगरले सुरु गरेको ४५ दिने अभियान अन्तर्गत लगाइएका अधिकांश बोटविरुवाहरु छाडा पशु चौपायाले सखाप पारिदिएको हो ।

बुटवलमा समस्याका रुपमा रहेको छाडा पशु चौपाया नियन्त्रण नगरि रोपिएको विरुवाहरु एक महिना नहुँदै नाङ्गो बनेको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष सुमुन्द्र जीसीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

गत साउन १५ गते मात्र बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले तामझामका साथ ४५ दिने सरसफाई सहित वृक्षारोपण र उज्यालो बुटवल अभियानको आरम्भ गरेका थिए । पहिलो चरणमा रोपिएका योगीकुटी कालिकानगर खण्डका अधिकांश बिरुवा चौपायाले खाएर नष्ट भएका छन् ।

अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम राखिएको थियो । एक घर तीन रुख कार्यक्रमका लागि भन्दै उपमहानगरले वृक्षारोपणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ । पशु चौपायाको नियन्त्रण बिना रोपिएका अधिकांश रुख विरुवा चौपायाले खाएपछि उपमहानगरको १२ लाख बालुवामा पानी हुने अवस्था सृजना भएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष जीसीले बताए । उनले छाडा चौपायाबाट रुख बिरुवा मात्र होईन बुटवलमा नयाँ बनेका कालो पत्रे समेत केहि महिनामा ध्वस्त हुने बताए । कालोपत्रको सबै भन्दा बढी दुस्मन गोबर र पशुमुत्र भएको उल्लेख गर्दै अहिले चिल्ला देखिएका सडक केही महिनामै खण्डहर बन्ने बताए ।

 

अभियानको आरम्भ गर्दै नगर प्रमुख पाण्डले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना सुनाएका थिए ।

उपमहानगरले रात्रीकालिन बजार भनेर निर्धारण गरेको क्षेत्रमा सुरक्षा ब्यवस्था नहुँदा दिनहुँ ग्याङ फाइट हुन थालेको छ ।
बुटवलले चालु आर्थिक वर्षमा विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ भने रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि विभिन्न प्रजातिका फूल र बिरुवा रोपिएपनि रोपिएको महिना दिन नबित्दै बिरुवा चौपायाको चरण क्षेत्र बनेको छ ।

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली १ हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका ३९३ सय बिरुवा रोपिने कार्यक्रम अन्तर्गत अधिकांस स्थानमा विरुवा रोपिएका थिए ।

बुटवल उपमहानगरले भने विरुवा रोप्नु अघि विभिन्न संघ संस्थाहरुलाई तारजाली गर्न जिम्मा दिइएकोमा ती संस्थाहरुले प्रतिबद्धता अनुसार तारजाली नलगाइदिएका कारण विरुवाको क्षति भएको जनाएको छ । ‘संघ संस्थाकै इच्छा अनुसार उनीहरुको लोगो राख्न पाउने गरि तार जालीको जिम्मा लगाइएको थियो, तारजालीको काम नहुँदा क्षेति भयो ।’ बुटवल उपमहानगरका प्रमुख प्रशासमिय अधिकृत टेकराज पन्थीले भने ।

उपमहानगरसँग बुटवलको कालिकानगर क्षेत्रको तारजालीका लागि बुटवल उद्योग बाणिज्य संघ र सिटिजन्स बैंकले प्रतिबद्धता ब्यक्त गरेको भएपनि ती संस्थाहरुले काम नगरेकाले बिरुवाको क्षेति भएको हो । भाद्रभरिमा तारजाली लगाइसक्ने प्रतिबद्धता आएको बुटवल उपमहानगरका अधिकृत ठगिश्वर पोखरेलले बताए ।

फोटो फिचर

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १२ : ४४ बजे

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved