२५ मंसिर २०८०, सोमबार | December 11, 2023

जहाज चार्टर्ड गरेर सात सय बङ्गलादेशी पर्यटक नेपाल आउँदै



काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए ।

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो । नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य सङ्ख्यामा बङ्गलादेशी पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को सात महिनामा बङ्गलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए । जुलाई महिनामात्रै दुई हजार छ सय ९४ बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बङ्गलादेशी पर्यटक नेपाल आएका तथ्याङ्क छ ।

यसअघि सन् २०२२ मा बङ्गलादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् ।
–––

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ११ : ३७ बजे

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको

‘चिनजानकै व्यक्तिबाट महिला हिंसा’

काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका

एनिमलको टक्करमा परेको ‘सामबहादुर’को दोस्रो साताको कमाइ बढी

मुम्बइ । विक्की कौशलको पछिल्लो रिलिज फिल्म ‘साम बहादुर’ रणवीर