१५ बैशाख २०८१, शनिबार | April 27, 2024

फेसबुकमा ‘अलबिदा’ लेखेर मृत भेटिए मुसिकोटका वडा अध्यक्ष



गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष झण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा अध्यक्ष मोहन घिमीरे घर नजिकैको रुखमा भुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

आफ्नो फेसबुकमा अलबिदा लेखिएको स्टाटस पोष्ट गरेका घिमीरे आज बहिान ५ बजेको आसपासमा घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शुक्रवार अपरान्ह घरबाट निस्केका घिमीरे रातभर घर नफर्केको र बिहानै मृत भेटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनले फेसबुकमा ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनितास साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।’ लेखेका थिए ।

उनी शुक्रबार राती अबेर सम्म घिमीरे थामडाडा स्थित उनका आफ्नै भिनाजु चुरामाणी पैयानीको घरमा देखिएको स्थानीयबासीले बताएका छन् ।

घिमीरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : २१ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया