६ श्रावण २०८३, बुधबार | July 22, 2026

फेसबुकमा ‘अलबिदा’ लेखेर मृत भेटिए मुसिकोटका वडा अध्यक्ष



गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष झण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा अध्यक्ष मोहन घिमीरे घर नजिकैको रुखमा भुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

आफ्नो फेसबुकमा अलबिदा लेखिएको स्टाटस पोष्ट गरेका घिमीरे आज बहिान ५ बजेको आसपासमा घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शुक्रवार अपरान्ह घरबाट निस्केका घिमीरे रातभर घर नफर्केको र बिहानै मृत भेटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनले फेसबुकमा ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनितास साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।’ लेखेका थिए ।

उनी शुक्रबार राती अबेर सम्म घिमीरे थामडाडा स्थित उनका आफ्नै भिनाजु चुरामाणी पैयानीको घरमा देखिएको स्थानीयबासीले बताएका छन् ।

घिमीरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ४ : २१ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,