१७ असार २०८३, बुधबार | July 1, 2026

राष्ट्रिय खेलकुद परिषद् कर्मचारीको आन्दोलन जारी



काठमाडौं। बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारीले आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

गत २२ साउनमा संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

गत २५ साउनमा पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । तर, मागबारे सुनुवाइ नभएपछि २६ साउनदेखि आन्दोलनमा उत्रिएका परिषदका कर्मचारीले आफ्नो संघर्षलाई आइतबारसम्म जारी राखेका छन् ।

पाखुरामा कालोपट्टी बाँधेर आफ्नो नियमित काम गर्नेदेखि पेनडाउनसम्मका आन्दोलन गरेका उनीहरुले परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया यथाशीघ्र प्रक्रियाअगाडि बढाउन माग गरेका हुन् ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १२ : ५६ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश