१७ भदौ २०८३, बुधबार | September 2, 2026

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदैँ



काठमाडौं । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन् । उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुदैँ आएको छ ।

सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ७ : ३७ बजे

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर

घट्न सकेन किशोरी आमा बन्नेक्रम

चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय