१९ बैशाख २०८३, शनिबार | May 2, 2026

एमाले विरुद्धको चौतर्फी घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाउँछौं : पद्मा अर्याल



बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाउने गरी अगाडि बढेको बताएकी छन् ।

उनले पहिलो पटक पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गरेर संघीयता कार्यान्वयनमा सहजता ल्याएको बताउँदै यसरी सबै तहका पार्टी कमिटीलाई नयाँ नेतृत्व दिने बताइन् ।

भदौ १६ र १७ गते बुटवलमा हुने अधिवेशनका सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै अर्यालले अहिलेसम्म यो विधिबाट कुनै पार्टी र एमाले स्वयंले अधिवेशन नगरेकाले संघीयता कार्यान्वयनको सन्देश लुम्बिनीबाटै दिन थालेको बताएकी हुन् ।

आफूले प्रदेशको जिम्मेवारी लिएर आएपछि सबै जिल्ला कमिटीका बैठकहरुर्लाइ चलायमान बनाएको, सबै जिल्लाबाट सदस्यता नवीकरण अधावधिक गरेर पाएको र अधिवेशन पनि पहिले नै गरेर नयाँ सन्देश दिन थालेकी अर्यालले बताइन् ।

एमालेविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि सतिसालजस्तै उभिएका पार्टी सदस्यको सम्मान गर्न सबै तहका कमिटीलाई चलायमान बनाउँदै नागरिकसँग जोडिएका सामाजिक कार्यामा जोड्नेगरी अभियान थालिएको उनको भनाइ छ ।

‘प्रदेश अधिवेशनबाट सकेसम्म सहमतिमै नयाँ नेतृत्व छनौट गर्ने नभए लोकतान्त्रिक विधि खोजिने बताउँदै उनले एमाले विधिमा चल्ने पार्टी हो भनेर आम कार्यकर्ता र शुभेच्छुकहरुले महसुस गराउनेगरी जिम्मेवारीमा खटिएको अर्यालले बताइन् ।

पछिल्लो पटक धेरै कार्यकर्ता र शुभेच्छुककको चिन्ता नेतृत्वले समय नदिएको, पार्टी कमिटी चलायमान नभएको, जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले व्यवास्था गरेको, निर्वाचनका बेलामात्र आफूहरुलाई प्रयोग गरेका धेरै गुनासा आएका छन्, ती विषयलाई मध्यनजर गर्दै हरेक कमिटीलाई नागरिकसँग जोडिने अभियान थालेका छौं, प्रदेश अधिवेशनको प्रतिनिधि छनौटलाई पनि त्यसरी नै ध्यान दिएका छौं’ उनले भनिन् ।

उनले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताउँदै बुटवलको अधिवेशनबाट नयाँ सन्देश दिनेगरी योजना बनाएको बताइन् ।

अधिवेशनको सन्दर्भमा आइतबार तयारी बैठक बसेको छ । बैठकमा प्रदेश इन्चार्ज अर्यालले यो अधिवेशन सातै प्रदेशमध्ये पहिलोपटक हुन लागेको र देश संघीयतामा गइसकेपछि एमालेले पार्टीलाई संविधान अनुकुल बनाउने अभियानका रूपमा अधिवेशनलाई लिएको बताइन् ।

उनले प्रदेश र जिल्ला पार्टी नेतृत्वमा रहेका सबैलाई पार्टीको यो अभियानलाई बुझ्न र तदनुसारको सक्रियता प्रदर्शन गर्न निर्देशन दिँदै यसको भब्यताले पार्टी चलायमान् हुन पनि सहयोग पुग्ने बताइन् । सो अवसरमा पार्टी अध्यक्ष राधाकृष्ण कँडेलले अधिवेशनको तयारीका सन्दर्भमा आजसम्म भए गरेका कामको जनकारी गराएका थिए ।

व्यवस्थापनका हिसावले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, कपिलवस्तुका अध्यक्ष डम्वर शर्मा र नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीले अधिवेशनको तयारीका सन्दर्भमा जिल्लास्तरमा हुने अफ्ठेरा, सहजता, चुनौती तथा भए गरेका काम खासगरी जनपरिचालनका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशन तयारीका लागि तीनै जिल्लालाई स्थानीय आयोजक मानिएको छ । बैठकमा पोलिटब्युरो सदस्य लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बलाराम अधिकारी, नेताहरु गिरिधारीलाल न्यौपाने र यस क्षेत्रमा रहेका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र तीनै जिल्लाका पार्टी पदाधिकारीसमेतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनाएका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १० : ३२ बजे

नारायणगढ-बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको

आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा