१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कोशी प्रदेशकी उपसभामुख ‘बिरामी भएको’ भन्दै काठमाडौं हिडेपछि गठबन्धन सरकार संकटमा



विराटनगर, । कोशी प्रदेशकी उपसभामुख उपसभामुख सिर्जना दनुवार ‘उपचारका लागि’ काठमाडौं हिडेकी छिन ।जसका कारण सभामुख बाबुराम दाहाललाइ राजिनामा गर्न लगाएर पुनः मुख्यमन्त्री भएका उद्दव थापाको सरकारले विश्वासको मत लिने बैठक अन्यौलमा परेको छ ।

आज दिउँसो १ बजे कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ, उपसभामुख दनुवार काठमाडौं हिडेपछि बिहान ७ बजे बोलाइएको कार्य ब्यवस्था समितिको बैठक अझै सुचारू हुन सकेको छैन । कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि आज सो बैठक बस्न लागेको थियो ।

उपसभामुख अनुपस्थित भए जेष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था भए पनि एमाले र राप्रपाका आठ जना ज्येष्ठ सदस्य बिदामा बसेका छन् । यसो हुँदा अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउन सक्दैन ।

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका हुन  तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि उनी काठमाडौं हिडेपछि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन् । सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १० : ५६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला