१४ चैत्र २०८२, शनिबार | March 28, 2026

प्रधानमन्त्रीसँगको फोन संवादमा ओलीले भने- सर्वदलीय बैठकमा आउँछु



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नभएका ओली सोमबारको बैठकमा भने उपस्थित हुने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको संवादपछि साँझ ७ बजेका लागि सर्वदलीय बैठक सारिएको छ । फोन संवादका क्रममा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे पनि चासो राखेका छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।

 

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ४ : ५५ बजे

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल