१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैँ ओलीको निवास बालकोट पुगेका हुन् । दुई अध्यक्षबीच समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेको बताइएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल चलिरहेकै बेला प्रचण्ड ओली निवास पुगेका हुन् ।

संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट हुने यस अघि शिर्श नेताहरुले सहमति गरिसकेका छन् ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको छ । २५ जनामा नबढ्ने गरि मन्त्रिपरिषदले शुक्रबारसम्म पूर्णता पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : २३ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष