१७ बैशाख २०८१, सोमबार | April 29, 2024

तीनदलको वार्ता बिना निश्कर्ष स्थगित, प्रचण्डको भोलि एमाले अध्यक्ष ओलीसंग निर्णायक वार्ता हुने



काठमाडौँ । बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक बिना निष्कर्ष स्थगित भएको छ ।

राष्ट्रपति निर्वाचनकाबारेमा विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति नभए पछि बैठक निश्कर्ष ननिकाल िस्थगित भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार भोलि पुनः बैठक बसेर सहमति गर्ने सहमति भएको छ ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने बताएका छन् ।

प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भएपनि सहमति भने नजुटेको बताए । ‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले भने ।

उनले नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुंगो नलागेको पनि बताए ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले शुक्रबार बिहान ८ बजे कांग्रेससहितको बैठक बस्ने सहमति भएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ३२ बजे

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना