२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रधानमन्त्रीसँग नरैनापुरको माग : शिक्षा,स्वास्थ्य र ईलाका प्रशासन



नेपालगन्ज । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर नरैनापुरका लागि शिक्षा, स्वास्थ्यको लागि बजेट र इलाका प्रशासनको स्थापनाको माग गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको कार्यक्रम सकेर काठमाडौ फर्किने क्रममा नेपालगंजमा अध्यक्ष शाहले प्रधानमन्त्रीसँग भेटेर शिक्षा र स्वास्थ्यका लागि बजेट माग गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि थप बजेट बिनियोजन गर्न माग गरेका थिए । प्रधानमन्त्री प्रचण्डबाट नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाहसंग प्रतिबद्धता आएको अध्यक्ष शाहका प्रेस विज्ञ आलम खानले जानकारी दिए । खानका अनुसार भेटमा अध्यक्ष शाहले प्रधानमन्त्रीसँग नरैनापुरको इलाका प्रशासन कार्यालय संचालनका लागि पहल गरी दिन समेत आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई भेटन अध्यक्ष शाहसंगै नरैनापुर ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारीलगायत रहेको अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड काठमाडौ जाने क्रममा सुर्खेतबाट नेपालगंज पुगे पछि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य पूर्णकुमारी सुबेदी, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूना, बाँकेका संयोजक नरेन्द्र पाण्डे लगायतले नेपालगन्जमा स्वागत गरेका थिए ।

सुर्खेतबाट काठमाडौका लागि उडेका प्रधानमन्त्री प्रचण्ड मोसमको खराबीका कारण केहीबेर नेपालगन्जमा बसेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  ९ : ५८ बजे

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न