१९ बैशाख २०८३, शनिबार | May 2, 2026

कमल थापाले तय गरे केन्द्रीय समिति बैठकका एजेन्डा, राजतन्त्रबारे पुनर्विचार गरिने



काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा।डा। बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । सो पार्टीले यसअघि संवैधानिक राजतन्त्रको अजेन्डा छाडेको थियो । तर, अब सो अजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबको केन्द्रीय समितिमा व्यापक छलफल हुनेछ ।

यसै गरि बैठकमा संगठन सम्बन्धि प्रतिवेदन महामन्त्री एवम विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अबसरमा शुभकामना ब्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए ।

प्रवक्ता अधिकारिका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ । बैठकमा आन्दोलनको तयारी र राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताईएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ७ : ३२ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि