२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी तिब्र, प्राविधिकको टोलीसहित कार्यक्रम स्थलको अवलोकन



बुटवल । भाद्र १६ र १७ गते बुटवलमा हुन लागेको नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारीका लागि नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालले कार्यक्रम स्थलको अवलोकलन गरेकी छन् ।

प्रदेश अधिवेशनको तयारीलाई तिब्रता दिएको एमालेले बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रथम अधिवेशन गर्न लागेको हो । सोही क्रममा मञ्च व्यवस्थापन, उद्घाटन सत्र तथा बन्द सत्र सञ्चालनका लागि प्राविधिकको टोलीसहित पुगेकी नेतृ अर्यालले कार्यक्रम स्थलको अवलोकन गरेकी हुन् ।

मञ्चमा वक्तालाई उपस्थित गराउने बाहेक अतिथी आसनग्रहण नगराउने नेकपा एमालेको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयन हुने बताउँदै आएकी उनले सोही अनुसार मञ्च व्यवस्थापन गर्न सुझाव दिएकी छिन । ‘यो अधिवेशन पहिलो सार्वजनिक र ठूलो कार्यक्रम हुने छ जुन कार्यक्रमले पार्टी केन्द्रको निर्णयलाई कार्यन्वयन गर्दै ऐतिहासिक र रचनात्मक सन्देश दिने छ ।’ अर्यालले भनिन् ।

अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसहित आधा दर्जन बढी पदाधिकारी सहभागी हुने भएपनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको रोहमै रहने बताएकी हुन् । कुल ८२ हजार ३०३ पार्टी सदस्य रहेको लुम्बिनी प्रदेशमा अधिवेशनका लागि १ हजार प्रतिनिधी छनोट हुने एमालेले जनाएको छ । जसको लागि यही भदौ ९ गते १०९ वटै पालिकाबाट एकैपटक प्रतिनिधि चयन गर्दैछ ।

अधिवेशनमा मूल नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोशिश रहने अर्यालले बताइन् । ‘सकेसम्म सर्वसम्मत् नेतृत्व छानौं भन्ने हो, यदि त्यसो हुन सकेन भनेपनि लोकतान्त्रिक विधिको प्रयोग गरि स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो खुल्ला रहन्छ,’ उनले भनिन् । निर्वाचनमा जाँदा कार्यकर्ताहरुको मन र भावना विभाजित नहोस् भन्ने तर्फ पार्टी पंक्ति सचेत रहेको भन्दै उनले सर्वसम्मत् हुन नसके पार्टी नेतृत्वले कुनै जवर्जस्ती नगर्ने उनको भनाई छ । ‘नेतृत्वका लागि कसैले इच्छा देखाउनुहुन्छ भने उहाँको इच्छालाई पार्टी नेतृत्वले दवाउँदैन, इच्छुकले लोकतान्त्रिक विधि अनुसार स्वस्थ प्रतिष्पर्धा गर्न सक्नुहुन्छ,’ अर्यालको भनाई थियो ।

अर्यालले अधिवेशनले लुम्बिनीमा पार्टीले लिने कार्यदिशा, सांगठनिक अनुशासन र पार्टीपंक्तिलाई परिचालन गरी जनतासँग एकाकार गर्ने कुरामा नयाँ मार्गनिर्देश गर्ने पनि बताइन् । वर्षा र गर्मीयामको समयलाई मध्यनजर गर्दै ठूलो जनसहभागिता नजुटाई अधिवेशन गरिने उनले बताईन् ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ३ : ५५ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट