३१ असार २०८३, बुधबार | July 16, 2026

सुडानमा भोकमरीले ५ सय बालबालिकाको मृत्यु, सयौं अस्पताल भर्ना



सुडान । पूर्वी अफ्रिकी देश सुडानमा अप्रिलमा सुरु भएको द्वन्द्वपछि भोकमरीका कारण झण्डै ५०० बालबालिकाको मृत्यु भएको छ । जस अनुसार राजधानी खार्तुममा रहेको सरकारी अनाथालयका दुई दर्जन बालबालिका समेत भोकमरीले मरेका छन ।

एक प्रमुख सहायता समूह सेभ द चिल्ड्रेनका अनुसार अहिले पनि कम्तिमा ३२ हजार बालबालिका कुपोषण र सम्बन्धित रोगहरूको उपचारमा पहुँचविहीन छन् किनभने परोपकारी संस्थाले सुडानमा आफ्ना ५७ पोषण केन्द्रहरू बन्द गर्न बाध्य भएका छन ।

सुडानमा गत अप्रिल १५ मा खुल्ला लडाइँ सुरु भयो, सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बलबीच महिनौंदेखिको तनावपछि अराजकता फैलियो। द्वन्द्वले खार्तुम र अन्य सहरी क्षेत्रलाई युद्धको मैदानमा परिणत गरेको छ । धेरै बासिन्दाहरू पानी र बिजुली बिना बाँच्न बाध्य छन् जबकि अहिले देशको स्वास्थ्य सेवा प्रणाली लगभग ध्वस्त भएको छ ।

सुडानमा सेभ द चिल्ड्रेनका निर्देशक आरिफ नूरले भने, “हामीले यति धेरै बालबालिका भोकले मरिरहेको देख्नेछौं भन्ने सोचेका थिएनौं तर अहिले सुडानमा यस्तै भइरहेको छ । हामीले बच्चाहरूलाई पूर्ण रूपमा रोक्न सकिने अवस्थाहरूमा मरिरहेको देखिरहेका छौं ।’

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता लिज थ्रोसेलका अनुसार सुडानमा भएको हिंसामा कम्तीमा ४ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ । जग्गामा काम गर्ने कार्यकर्ता र चिकित्सकहरूले मृत्यु हुनेको संख्या धेरै हुन सक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार ४४ लाखभन्दा बढी मानिस आफ्नो घरबार छोडेर सुडानका सुरक्षित क्षेत्र वा छिमेकी मुलुकतर्फ भाग्न बाध्य भएका छन् ।

सेभ द चिल्ड्रेनले मे र जुलाईको बीचमा दक्षिणी ह्वाइट नाइल प्रान्तमा कुपोषण वा सम्बन्धित रोगका कारण कम्तीमा ३१६ बालबालिकाको मृत्यु भएको जनाएको थियो । उनले भनिन्, गत आठ महिनामा २४ सय भन्दा बढी बालबालिका गम्भीर कुपोषणका साथ अस्पतालमा भर्ना भएका छन्, ती सबै अति कुपोषणले बिरामी थिए ।

पूर्वी काड्रिफ प्रान्तमा गत अप्रिल र जुलाई बीचमा सरकारी सञ्चालित बाल अस्पतालमा कुपोषणका कारण कम्तीमा १३२ बालबालिकाको मृत्यु भएको छ ।

पहिलो छ हप्तामा खार्तुमको एउटा अनाथालयमा दुई दर्जन शिशुसहित कम्तीमा ५० बालबालिकाको भोक वा सम्बन्धित रोगका कारण मृत्यु भएको परोपकारी संस्थाले जनाएको छ । त्यसको मुख्य कारण दुवै समुह बिच भइरहेको झगडाका कारण  ‘सेभ द चिल्ड्रेन’ का कर्मचारी उनीहरुको हेरचाह गर्न त्यहाँ पुग्न नसकेकाले यसो भएको हो ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ७ : ३४ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक