२२ मंसिर २०८०, शुक्रबार | December 9, 2023

चन्द्रयान–३ चन्द्रमा अवतरणमा भारतलाई नेपालबाट बधाईको ओईरो

एमाले अध्यक्ष ओली भन्छन् पूर्वीय दर्शनको सफलता



काठमाडौं । भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भए लगत्तै नेपालबाट भारतीय प्रधानमन्त्री र भारतलाई नेपालको बधाईको ओईरो लागेको छ । पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरुबाट धमाधम भारतलाई बधाईका सन्देशहरु पोष्ट भइरहेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, “चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतलाई ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु ।”

त्यसैगरि नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएको अवसरमा भारतलाई बधाई दिएका छन् । बुधबार साँझ सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका हुन् ।

भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वप्रधानमन्त्री सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।

सभापति देउवाले भनेका छन्– “चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई १ अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।”

त्यस्तै नेकपा (एमाले)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले पनि भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

पूर्वीय ज्ञानले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको अध्यक्ष ओलीको भनाई छ् ।

यसअघि नै प्रधानमन्त्री प्रचण्डले ट्वीट गर्दै भारत र भारतीय जनतालाई बधाई सन्देश पठाईसकेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १० : २६ बजे

राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्ति पत्र दिएर जागिर खुवाउने खाँ पक्राउ

नेपालगन्ज । राष्ट्रिय अनुसन्धानको नक्कली नियुक्तिपत्र बनाएर जागिर खुवाउने एकजनालाई

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा

समझदारी, विश्वास र एकता प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एशियाली क्षेत्रीय सहयोग

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved