११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

उपराष्ट्रपतिद्वारा गौरा पर्वको शुभकामना



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन । गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो ।

नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको उनले उल्लेख गरेका छन ।

“विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । त्यही पहिचानभित्र गौरा पर्व पनि पर्दछ । यो पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई सबैले आत्मसात गर्दै यसका सकारात्मक सन्देश ग्रहण गर्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवको शुभकामना सन्देशमा उल्लेख छ ।

हाम्रो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताभित्रको बलियो, सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन । आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदानप्रदान गर्न गौरा पर्वले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी उनले कामना गरेका छन ।

हामीबीच परस्पर सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुर्याउने यो पर्वसहित सबै मौलिक संस्कृति, चाडपर्व र रहनसहनलाई संवर्द्धन एवं संरक्षण गर्ने दायित्व सबैले निर्वाह गर्न सक्नु पर्दछ । उपराष्ट्रपति यादवले विभिन्न वर्ग, समुदाय, क्षेत्र र भूगोलमा प्रचलनमा रहेका चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन ।

साथै उनले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन यस पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ६ : ५८ बजे

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले